Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई स्वीकृत गर्ने तयारी


0
Shares

एजेन्सी । अमेरिकाले कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृत दिने भएको छ।

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् । योसँगै अबको केही साता भित्रै ५ बर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ ।

गत सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि पनि सुरक्षित र प्रभावकारी रहेको जनाएको थियो ।