कपिलवस्तुमा फैलिएको झाडापखाला पूर्णरुपमा नियन्त्रणमा आएन « Image Khabar


कपिलवस्तुमा फैलिएको झाडापखाला पूर्णरुपमा नियन्त्रणमा आएन



कपिलवस्तुमा फैलिएको झाडापखाला र हैजा अझै पूर्ण नियन्त्रणमा आउन सकेन, साझा योजना बनाउँदै पालिकाहरु
कपिलवस्तु, कात्तिक ९ । कपिलवस्तुमा देखिएको हैजा र झाडापखालाको प्रकोप नियन्त्रण गर्न जिल्लाका सबै पालिकाहरुले सहकार्य गर्नु पर्नेमा जोड दिएका छन् ।

तौलिहवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कपिलवस्तुको १० वटै पालिकाका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिले सरोकारवालबीच सहकार्य हुनु पर्ने बताएका हुन ।

बैठकमा हैजा र झाडापखाला हुनुको कारण, यसको रोकथाम र नियन्त्रणका उपाएबारे छलफल गरिएको इपिडमियोलोजी तथा महामारी ब्यवस्थापन शाखाका प्रमुख अमृत पोखरेलले जानकारी दिनुभयो ।

कपिलवस्तुको अवस्था थेरै नाजुक रहेको र झाडापखाला नियन्त्रण गर्न सबै स्थानीय तहहरुबीच सहकार्यको अवश्यकता रहेको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । झाडापखाला नियन्त्रण गर्न पालिकाको अवस्था विश्लेषण गरेर योजना बनाइने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको भनाइ छ ।

कपिलवस्तुको पाँचवटा पालिकामा झाडापखाला र चारवटा पालिकामा हैजाको प्रकोप फैलिएको छ ।