४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


दुर्गा प्रसाईको प्रश्न : २० करोड घूष माग्ने माफिया कि हामी ? (हेरौं भिडियो)


0
Shares

काठमाडौं । झापाको विर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले आफूलाई एक जिम्मेवार ब्यक्तिले २० करोड रुपैंयाँ घूष मागेको सनसनीपूर्ण घट्ना सार्वजनिक गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई २० करोड रुपैंयाँ घूष मागेको आरोप लगाउँदै माफिया को रहेछ भनेर प्रश्न गरे ।

‘२० करोड रुपैंयाँको महिनाको २० देखि ३० लाख ब्याज पाक्छ । महिनाको यत्रो ब्याज तिरेर मैंले मेडिकल कलेज ल्याउनु अनि कति पैसा लिएर कस्तो विद्यार्थी ल्याउनु ?’ उनले भने, ‘त्यसै त यहाँ माफिया बनाइएको छ अनि माफियागिरी कहाँ रहेछ, तपाईहरुले थाहा पाइहाल्नु भयो नि ?’

गत मसिंर १५ गते मेडिकल कलेज सम्बन्धनको लागि आयोगमा निवेदन लिएर जाँदा उपाध्यक्ष डा.गिरीले निवेदन स्वीकार नगरी द्धारिका होटलमा बोलाएर २० करोड रकम दिनुपर्ने माग गरेको प्रष्ट पारे ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिमाथि २० करोड घूष मागेको आरोप