Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


१५ न्यायाधीशको छलफल सकियो, भोलि फेरि प्रधानन्यायाधीशलाई भेट्ने


0
Shares

मिरा बस्नेत
काठमाडौं । १५ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको भेटपछि छलफलमा जुटेका सर्वोच्च अदालतका १५ जना न्यायाधीशको छलफल सकिएको छ ।

छलफलले बुधबार बिहान साढे ११ बजे पुनः प्रधानन्यायाधीश राणालाई भेटेर राजीनाको दबाब दिने निष्कर्षमा पुगेको सहभागी एक न्यायाधीशले जानकारी दिनुभयो ।

‘हामी भोलि पुनः प्रधानन्यायाधीसँग भेटेर ध्यानाकर्षण गराउँदै छलफल गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘अहिलेको नेतृत्वबाट सर्वोच्च अदालत नचल्ने निर्णयमा हामी अडिग छौं ।’

यसअघि बिहान प्रधानन्यायाधीशसँग भएको छलफलमा उनीहरूले राजीनामा दिन सुझाव दिएका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले विवादमा आएका सम्पूर्ण न्यायाधीशले राजीनामा दिएमा आफू यस विषयमा छलफल गर्न तयार रहेको बताउनुभएको थियो ।

आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उहाँले कसैले राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने बताउनुभएको थियो । उहाँले आफू संविधानको प्रक्रियाबाट आएकाले संविधानको प्रक्रियाबाट मात्रै बाहिरिने दृढता व्यक्त गर्नुभएको थियो ।

राणाको राजीनामा माग गर्दै न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा, नहकुल सुवेदी र कुमार चुँडालले उहासँग भेटेका थिए ।