Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मेयरको अगुवाइमा एक दर्जन पत्रकार कुटिए


13
Shares

जनकपुर, पुस २२ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट भएको छ ।

मंगलबार मेयर साहकै अगुवाइमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्रलगायतका पत्रकारहरुमाथि कुटपिट भएको हो ।

कुटपिटबाट पाँचजना पत्रकारलाई सामान्य चोट लागेको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणको विषयमा कुरा गर्न मेयर कार्यालयमा गएका दुई पत्रकारसँग मेयर साहको भनाभन भएको थियो ।

भनाभन सुरु भएपछि त्यहाँ गएका अरु १० जना पत्रकारलाईसमेत मेयर साहका सहयोगीले कुटपिट गरेका हुन् ।