प्रधानन्यायाधीश र बारको टोलीबीच भेटघाट जारी, न्यायालय सुधार प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल « Image Khabar


प्रधानन्यायाधीश र बारको टोलीबीच भेटघाट जारी, न्यायालय सुधार प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल



काठमाडौं । नेपाल बार एसोसियसनको टोलीले न्यायपालिका सुधारको सम्बन्धमा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरिरहेको छ ।

बिहान साढे १० बजेदेखि भईरहेको छलफलमा न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरुमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिकलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ ।

यस्तै प्रधानन्यायाधीश राणाबारे पछिल्ला दिनमा लागेको आरोपका बारेमा पनि छलफल हुने छ । गत शुक्रबार बसेको बारको बैठकले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन समय लाग्ने भएमा गोला प्रथाबाट पेशी तोक्न १५ दिने अल्टिमेटम दिएको थियो । सो विषयमा पनि छलफल हुने भएको छ ।