२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


नेपाल–चीन सुरक्षा छलफल: चीनमा के गर्दैछन् गृहमन्त्री थापा ?


0
Shares

बेइजिङ । नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल भएको छ ।

गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ खचीबीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दुई देशले चीनमा अपराध गरेर नेपालमा लुक्ने, नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्‍याउने विरुद्ध सहकार्य गर्ने भएका छन् ।

गृहमन्त्री थापाले सोमबार बेइजिङमा चीनको राज्य परिषद्का सदस्य तथा सार्वजनिक सुरक्षामन्त्री चाओसँग द्विपक्षीय सम्बन्ध उचाइमा लैजान सहकार्य अपरिहार्य रहेको बताएका थिए । गृहमन्त्री थापा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको निमन्त्रणामा आइतबार बेइजिङ आइपुगेका हुन् ।

उनीहरूबीच चीनविरोधी गतिविधि हुन नदिने तथा दुई देशबीचको सीमा सुरक्षा सबल बनाउने विषयमा पनि छलफल भएको थियो । -अन्नपूर्ण पोष्ट दैनिक