३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


निजी क्षेत्रले पनि रेल संचालन गर्न पाउने, विदेशी भूमिमा पनि नेपाली रेल


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निजी क्षेत्रले समेत रेल संचालन गर्न पाउने गरी रेल्वे विधेयक तयार गरेको छ ।

उक्त विधेयक यातायातमन्त्री बसन्तकुमार नेम्बाङले रेल्वे विधेयक संसदमा दर्ता गराएका छन् ।

संसदको माथिल्लो सदन राष्ट्रिय सभामा रेल्वे विधेयक दर्ता भएको हो । नेम्बाङले चालु अधिवेशनबाट विधेयक पारित गरिने जानकारी दिएका छन् ।

रेल्वे विभागका अनुसार माघ तेस्रो साताभित्र भारतमा निर्माण भइरहेको नेपाली रेल स्वदेश आइपुग्नेछ । त्यसलाई संचालनका लागि विधेयक चाँडै पारित हुनुपर्नेछ ।

त्यस्तै, नेपालले एक वा एकभन्दा वढी विदेशी राष्ट्रमा रेल संचालन गर्न पाउने व्यवस्था पनि विधेयकमा छ ।

त्यस्तै विदेश राष्ट्रले नेपाली भूमिमा वा नेपाली भूमि भएर अर्को विदेशी भूमिमा जानेगरी रेल संचालन गर्ने विषयमा सरकारले आवश्यक ब्यवस्था गर्ने विधेयकमा उल्लेख छ । -नयाँ पत्रिका दैनिकबाट