२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


‘पुस २७ अघि नै सभामुख चयन’


0
Shares

काठमाडौं, पुस २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले यही पुस २७ गतेअघि नै सभामुख चयन भइसक्ने दाबी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा शर्माले सभामुख र उपसभामुख चयनका लागि विपक्षी दलहरुसँगको छलफलका कारण सभामुख चयनमा ढिलाइ भइरहेको तर्क गरे ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले सभामुख र उपसभामुख पदका लागि आफूहरुको दाबी नरहेको तर सत्ताधारी दलहरुले सभामुख लिन प्रस्ताव गरेमा स्वीकार्ने बताए ।

उनले प्रदेश–२ सरकार फेरबदल हुने चर्चामा सत्यता नरहेको जिकिर पनि गरे ।