३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सत्तारुढ नेकपाको मुस्लिम संगठनमा विवाद, असन्तुष्टद्वारा एकता घोषणा कार्यक्रम बहिस्कार


0
Shares

काठमाडौं, पुस २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन मुस्लिम संगठन नेपालमा विवाद देखिएको छ ।

पूर्वएमालेको भातृसंगठन मुस्लिम इतिहाक संगठन र पूर्वमाओवादी केन्द्रको भातृसंगठन मुस्लिम मुक्ति मोर्चा नेपालको एकता प्रक्रिया कार्यक्रममा सोमबार असन्तुष्ट पक्षले विरोध गर्दा विवाद देखिएको हो ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आउने तय भएपनि विवाद बढेपछि ढिलो गरी महासचिव विष्णु पौडेल सहभागी भएका थिए ।

असन्तुष्ट पक्षले महासचिव पौडेललाई असहमतिसहितको ज्ञापनपत्र बुझाएर कार्यक्रम बहिस्कार गरेको थियो ।

पूर्वएमालेको तर्फबाट ५७ र पूर्वमाओवादी केन्द्रको तर्फबाट ४३ प्रतिशतको भागबन्डामा एकता गर्ने सहमति भएपनि एकता प्रक्रियाका संयोजक सेराज फारुकी र सहसंयोजक अत्तर हुसेन फारुकीले मापदन्डविपरीत काम गरेको भन्दै पूर्वसांसद जाकीर हुसेनलगायत ४० जनाले शपथग्रहण बहिस्कार गरेका थिए ।

बहिस्कारपछि पनि एकता प्रक्रियालाई निरन्तरता दिइएको थियो ।

केन्द्रीय समितिमा मनोनीतहरुलाई महासचिव पौडेलले शपथ गराएका थिए ।