पाँचथरमा बाढी-पहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो « Image Khabar


पाँचथरमा बाढी-पहिरोबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो



पाँचथर, कात्तिक ३ । अविरल बर्षापछि पाँचथरमा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

मिक्लाजोङ गाउँपालिकामा मात्रै पहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा ३ जना बेपत्ता रहेको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्लाजुङ कुरुम्बामा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन् । खोलाले बगााउँदा सोही गाउँपालिकाको वडा नं १ र २ का ४ जनाको ज्यान गएको छ भने वडा नं ४ रबिमा खोलाले नै बगााउँदा १ जना बेपत्ता भएका छन् ।

यसैगरी वडा नं ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोमा पर्दा फिदिम–४ नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्माय गाउँपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । बाढीपहिरोका कारण टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएकाले पनि क्षतिको विवरण संकलन हुन नसकेको उहाँको भनाइ छ । बाढीपहिरोले दर्जनौं घरपरिवगार विस्थापित भएका छन् ।