बिक्री नभएका खसीबोका काठमाडौंबाट गाउँ फिर्ता « Image Khabar


बिक्री नभएका खसीबोका काठमाडौंबाट गाउँ फिर्ता



काठमाडौं, कात्तिक ३ । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएका खसीबोका बिक्री नभएपछि गाउँ फर्काउन थालिएको छ ।

गत वर्षको तुलनामा यस वर्षको दशैंमा खसीबोका कम बिक्री भएसँगै व्यापारीले बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका हुन् ।

काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिले जनाएको छ ।

कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय तथा व्यापारमा पनि देखिएको प्रालिको भनाई छ । यो वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजार खसिबोका ल्याइएकोमा २५ हजारको हाराहारीमा मात्र बिक्री भएको बताइएको छ ।

सरकारले बजारीकरणको ब्यवस्था नगर्दा ब्यवसायीले दुख पाएको उनीहरुको गुनासो छ ।