
सिन्धुलि, कात्तिक ३ । लगातारको अविरल वर्षाले सिन्धुलिको मध्यपहाडी राजमार्ग स्थित खुर्कोट-घुर्मी सडक खण्ड अवरुद्ध भएको छ ।
मध्यपहाडी लोकमार्गको सिन्धुली गोलन्जोर गाउँपालिका(६ स्थित हैबारमा पहिरो जाँदा दुई दिनदेखि सयौं सवारी साधन तथा हजारौं यात्रीहरूबीच बाटोमै अलपत्र परेका हुन् ।
पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर लगायतका जिल्लाबाट दशैं सकेर राजधानी फर्कने यात्रीहरू बर्षाका कारणबीच बाटोमै अलपत्र परेका छन ।
मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएपनि लगातारको बर्षाका कारण सडक खुलाउन सकिएको छैन ।
सडक तथा स्थानीय गाउँपालिकासँग समन्यव गरेर सडक सुचाररु गर्न प्रयत्न भईरहेको भएपनि बुधबार साँझ सम्म सडक सुचाररु हुन सक्ने अवस्था देखिन्छ ।
मध्यपहाडी खुर्कोट(घुर्मी खण्डमा गएका आधा दर्जन बढी पहिरोका कारण यात्रा अनिश्चित बनेका छ ।
प्रतिक्रिया दिनुहोस्