
सिन्धुली । अविरल वर्षापछि आएको बाढीले जिल्लामा एक युवतीको मृत्यु भएको छ ।
फिक्कल गाउँपालिकाको चाल्नेखोलामा आएको बाढीले बगाउँदा वडा नम्बर ४ खाङसाङकी २१ वर्षीया सरिता भुजेलको मृत्यु भएको हो ।
फिक्कल गाउँपालिकाको जाङजाङ स्थित मामाघरबाट दशैंको टीका लगाएर घर फर्कने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्