काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुई साता अघि पक्राउ परेका १२२ जना चिनियाँलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो बयान गराइएकोमा चिनियाँहरुले कुनै कसुर गरेको नदेखिएको ठहर गर्दै प्रति ब्यक्ति एक/एक हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको हो ।
धरौटीमा छुटेपछि उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाईने जानकारी नेपाल प्रहरीका प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन् ।
नेपालमा बसेर अवैध गतिविधि गरेको आरोपमा यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारेर प्रहरीले १२२ जना चिनियाँहरुलाई पक्राउ गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्