मोहन वैद्य अस्पताल भर्ना « Image Khabar


मोहन वैद्य अस्पताल भर्ना


0
Shares

काठमाडौं, असोज ३१ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहानै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएको छ ।

एक्कासी दम बढेर छातीमा समस्या भएपछि अस्पताल ल्याइएको नर्भिकले जनाएको छ । वैद्यको धमको उपचार जारी रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

अस्पताल ल्याएलगत्तै उहाँको छातीको एक्सरे गरिएको थियो । उहाँको छातीमा सामान्य दाग समेत देखिएको छ ।