सरकारी कार्यालय खुलेसँगै काठमाडौंमा बढ्यो चहलपहल, नाकामा काठमाडौं फर्कनेको भीड « Image Khabar


सरकारी कार्यालय खुलेसँगै काठमाडौंमा बढ्यो चहलपहल, नाकामा काठमाडौं फर्कनेको भीड


0
Shares

काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ ।

बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् ।

दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका नाकाहरुमा दशैं मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ ।

मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको छ । काठमाडौं उपत्यकामा हिजोदेखि नै चहलपहल बढेको थियो ।

सडकमा गाडीको संख्या पनि बाक्लिंदै गएको छ । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।