इन्डोनेशियामा भूकम्प : ३ जनाको मृत्यु, ७ जना घाइते « Image Khabar


इन्डोनेशियामा भूकम्प : ३ जनाको मृत्यु, ७ जना घाइते



एजेन्सी । इन्डोनेशियामा पटक पटक गरी आएको भुकम्पमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको छ ।

बाली दीप केन्द्रबिन्दु भई ४ दशमलव ८ म्याग्नेच्युटको भुकम्प गएको केही बेरमै ४ दशमलव ३ म्याग्नेच्युटको अर्को भुकम्प गएको अमेरिकी भुगर्भीय सर्वेक्षणले जनाएको छ ।

भुकम्पका कारण दर्जनौ घरहरु भत्कनुका साथै कयौं सवारीसाधनमा क्षति पुगेको छ । रातको समयमा आएको भुकम्पका बीच सर्वसाधारणमा भागदौड मच्चिएको थियो । यसअघि गत जनवरीमा ६ दशमलव २ रेक्टर स्केलको भुकम्प जाँदा १ सय ५ जनाको मृत्यु भएको थियो । जसमा ६५ सय जना घाइते भएका थिए ।