काठमाडौं, असोज ३० । काठमाडौंको असनका तुलाधर समुदायले आज खड्ग जात्रा मनाएका छन् ।
नयाँ पुस्तालाई पुर्खाको बिरताबारे जानकारी दिन खड्ग जात्रा गर्ने परम्परा रहँदै आएको छ । अन्य जात्रा भन्दा भिन्न यो जात्रामा तुलाधर समुदायका स-साना बालक र किशोर सहभागी हुन्छन् ।
यसमा सबैभन्दा सानो बालकले जात्राको नेतृत्व गरेको हुन्छ । बालकको नेतृन्वमा नगर परिक्रमा गराइने खड्ग जात्रा यो वर्ष कोरोना महामारीका कारण औपचारीकतामा मात्र समित गरिएके थियो ।
आगम घरमा बालकसहित आठ जनाले मात्र खड्ग धारण गरेर आसुरी शक्तिको प्रतिक कुभिन्डो काटेर यो जात्रा समापन गरिएको छ । यसैबीच, काठमाडौंको ऐतिहासिक बजार असनका वासिन्दाले आज असं चालंको दिन टिका लगाएर दशैं समेत मनाएका छन् ।
असनका तुलाधर, ताम्राकार, स्थापित लगायत उदाय समुदायले एकादशी तिथिमा विजया दशमीको टीका लगाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्