बंगलादेशमा भएको धार्मिक दंगाले उग्ररुप लिँदै, संयम रहन सरकारको अपिल « Image Khabar


बंगलादेशमा भएको धार्मिक दंगाले उग्ररुप लिँदै, संयम रहन सरकारको अपिल



एजेन्सी । दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि बंगलादेशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ ।

ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ । यस्तै थुप्रै गाडीमा तोडफोड र आगजनी भएका छन । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका र बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप लगाएका छन् ।

एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको थियो । बुधबार नै ४ जनाको ज्यान गइसकेको थियो । हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रधानमन्त्री बेगम हसिना जियाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।