Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


दसैँमा पिङ खेल्दै रमाउँदै…


0
Shares

काठमाडौं । पिङ नेपालीहरूले दसैँको बेलामा बनाउने र खेल्ने गर्छन्। दशैंमा पिङको धेरै नै महत्व छ । पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधनुको रुपमा ख्याख्या गरिएको छ ।

खास गरी पिङ तीन प्रकारका देख्न पाइन्छन् । क्रमश पहिलो लिंगे पिङ, रोटे पिङ र घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । नेपालका गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दसैँमा टिका लगाएपछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ।

विशेषगरी दसैँको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरूलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँमा युवाहरूको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्। तस्वीर : रासस