Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


रीतिरिवाज सरलीकरण गर्नुपर्नेमा जोड


0
Shares

काठमाडौं, पुस १९ । विभिन्न संस्कारमा गरिने रीतिरिवाज महँगो भएको भन्दै सरलीकरण गर्नुपर्नेमा मानन्धर समाज प्रतिष्ठानले जोड दिएको छ ।

शनिबार काठमाडौंमा प्रतिष्ठानले एक कार्यक्रम गरी मानन्धर समाजका प्रबुद्ध व्यक्तिहरुसँग मानन्धर समाजमा गरिने रीतिरिवाजकाबारेमा परामर्श गरेको हो ।

मानन्धर समाजमा हुने शुभकार्य र मृत्यु संस्कारमासमेत अनावश्यक तडक–भडक देखिएको भन्दै लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले सुधारका लागि १४ बुँदे सुझावसमेत प्रस्तुत गरेका छन् ।

मानन्धरले पेस गरेको सुझावमा मानन्धर समाजका प्रबुद्ध व्यक्तिहरुले टिप्पणी र परिमार्जनका लागि सुझावसमेत दिएका छन् ।

सामाजिक रीतिरिवाज उपसमितिका संयोजक तथा प्रदेश सांसद वसन्त मानन्धरले भाषा, संस्कृति र कलाको संरक्षणका लागि मानन्धर समाज एकजुट भएको बताए ।

Skip This