
मीरा बस्नेत र नवीन स्थापित (इमेज)
काठमाडौं, पुस १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अहिले न्यायालयमा विवादित बनेका केही विषयहरुमा प्रष्टीकरणसमेत दिएका छन् ।
प्रधानन्यायाधीश राणाले न्याय परिषद् सदस्य पदम बैदिकले चाहेमा कानुनीरुपमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सकिने बताउँदै नेपाल बारको आपत्तिपछि प्रक्रिया स्थगित रहेको बताएका छन् ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्तरिम आदेशको सम्बन्धमा पनि स्पष्टीकरण दिएका छन् ।
विमानस्थल निर्माण गर्दा कति वनजंगल नासिन्छ ? वन्यजन्तुहरुको अवस्था के हुन्छ ? त्यहाँ बस्ने जनताको अवस्था के हुन्छ ? जस्ता प्रश्न उठेकाले तत्काल काम रोक्न अन्तरिम आदेश दिएको बताए ।
विराटनगर सुनकान्डको फैसलालाई लिएर न्यायाधीशमाथि गरिने छानबिनको सम्बन्धमा प्रधानन्यायाधीश राणाले न्यायाधीशले गरेको फैसला नभइ फैसलाको समयमा न्यायाधीशको गैरन्यायिक आचारण र प्रक्रियामा छानबिन गर्न सकिने बताए ।
‘सर्वोच्च अदालतमा आएका भ्रष्टाचारका मुद्दाहरु किन समयमा नै फैसला हुँदैनन् ?’ भन्ने प्रश्नमा प्रधानन्यायाधीश राणाले युवराज शर्माको मुद्दामा अरु सिद्धान्तहरु कायम गर्नुपरेकाले समय लागेको भन्दै अनियमितताको विषयहरुमा फैसला भइरहेको बताए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्