काठमाडौं । बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो ।
महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ । केराको पातमा दुई माना चिउराका बिभिन्न परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।
जुठो परेपनि कुछी भ्वय् खानुपर्ने मान्यता नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।
महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याउँछन् । सो समुदायमा गुठी र टोल छिमेक मिलेर संयुक्तरुपमा काटेर भाग लगाएको राँगोको मासु घरघरमा भित्र्याउने प्रचलन छ ।
यसलाई दसैँको मासु भित्र्याएका भनिन्छ । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर घर भित्राउने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस्