Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


इराकमा सम्पन्न संसदिय चुनावमा शिया धर्म गुरु मुक्तदाको वर्चस्व


0
Shares

एजेन्सी । इराकमा गत आइतबार सम्पन्न संसदिय निर्वाचनमा प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल सद्रको पार्टीले अग्रता लिएको छ । संसदको ३ सय २९ सीटमा उनको पार्टीले ७३ सीट हासिल गरेको छ ।

देशमा बिदेशी प्रभावको बिपक्षमा आवाज उठाउँदै आएका मुक्तदा अल सद्रले जीत सुनिश्चित भएपछी सम्बोधन गर्दै इराकी जनताले भोग्दै आएको समस्या समाधानका लागि आफु लागिपर्ने जनाउँदै देशमा बिदेशी प्रभाव हुन नदिने बचन दिएका छन् ।

राजधानी बग्दाद लगाएत अन्य शहरहरु लगाएत १८ प्रान्तमा उनको पकड बलियो रहेको सर्वेक्षणले देखाएको छ । ३ हजार ४ सय ४९ ले उम्मेदवारी दिएको चुनावमा प्रारम्भिक नतीजा अनुसार शिया समुहका पुर्व प्रधानमन्त्री नुरी अल मलिकीकी पार्टी दोश्रो स्थानमा रहेका छन् ।

इराकमा सद्दाम हुसेनको निष्कासन पछी भएको यो छैठौं संसदिय चुनाव हो जसमा ४१ प्रतिशत मतदान भएको थियो ।