१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


‘ए’ डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित


0
Shares

काठमाडौं, पुस १८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका शनिबार र आइतबारका खेलहरु स्थगित भएका छन् ।

मौसमको मार

मौसममा आएको खराबीका कारण खेलहरु दुई दिन सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

शनिबारदेखि पाँचौं चरणका खेलहरु हुने कार्यक्रम रहेकामा मौसमको खराबीका कारण खेलहरु सारिएको तुलाधरले बताए ।

खेल दशरथ रंगशालामै

शनिबारका खेल सोमबार र आइतबारका खेल मंगलबार हुनेछन् ।

पाँचौं र छैटौं चरणका खेलहरु दशरथ रंगशालामा हुने पनि तुलाधरले बताए ।

चौथो चरणका खेलहरु ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटनका लागि भन्दै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा खेलाइएको थियो ।

खेलतालिका

मौसमले थप असर नगरेका खन्डमा सोमबार मध्याह्न १२ बजे न्यूरोड टिम (एनआरटी)ले जावलाखेल युथ क्लबसित र सोही दिन दिउँसो ३ बजे मनाङ–मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसित खेल्नेछ ।

अंकतालिका

चौथो चरणको खेलसम्म मनाङ, मच्छिन्द्र र जावलाखेलमात्र अपराजित छन् ।

मनाङ १० अंकसहित शीर्ष स्थानमा छ । मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबको समान ९ अंक छ ।

चौथो स्थानको जावलाखेलको ८ अंक हुँदा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबको समान ७ अंक छ ।

‘बीबीसी’को ६ अंक हुँदा एनआरटी, च्यासल युथ क्लब, सशस्त्र प्रहरीको एपीएफ र संकटा क्लबको समान ४ अंक छ ।

२ अंकको हिमालयन शेर्पा क्लब १२औं, १ अंकको फ्रेन्ड्स १३औं तथा अंकविहीन सरस्वती पुछारमा छ ।