१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


मोबाइल एप्स बनाएका विद्यार्थी एनसेलद्वारा पुरस्कृत


0
Shares

काठमाडौं, साउन १७ । एमआइटी र काठमाडौं युनिर्भसिटीसँग मिलेर विभिन्न मोबाइल एपहरु बनाउने विद्यार्थीहरुलाई एनसेलले पुरस्कृत गरेको छ ।

अमेरिकाको म्यासेच्यूट इन्सिच्यूट अफ टेक्नोलोजीले काठमाडौं युनिर्भसिटीमा अध्ययनरत् विद्यार्थीहरुलाई सातहप्ते तालिममार्फत् मोबाइल एप बनाउन सिकाएको हो ।

हरेक वस्तुहरुमा डिजिटलाइजेसन भएसँगै युनिर्भसिटीले पनि उपभोक्तालाई सहज बनाउन थप एपहरु सार्वजनिक गर्न लागेको हो ।

सहभागीहरुले सजिलो मर्मत सेवा, स्मार्ट स्कुल, किन्डरलगायत ९ ओटा एपहरु तयार गरेका थिए ।

त्यसमध्ये पहिलो हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई तीन लाख र तेस्रो हुनेलाई दुई लाख रुपैयाँ नगर पुरस्कार प्रदान गरिएको हो ।

उक्त तालिममा विभिन्न ९ समूहमा ३५ जना विद्यार्थीहरु सहभागी भएको एनसेलले जनाएको छ ।