
काठमाडौं, असोज २६ । चलचित्रको छायांकनको लागि अनुपन खेर, परिणीति चोपडा र बोमन इमानी केहि दिन देखि नेपालमा छन् ।
त्यसैक्रममा बलिउडकी कलाकार परिणीति चोपडाले सगरमाथासँग फोटो खिचाएकी छन् । उनले मंगलबार सगरमाथासँग तस्वीर खिचाएकी हुन् ।
चोपडाले केही तस्वीरहरू सामाजिक सञ्जालमा राखेकी छन् ।
उनले ‘गुड मर्निङ, माउन्ट एभरेष्ट ! तिमीले आज मलाई नम्रताको पाठ सिकायौ,’ उनले लेखेकी छन् ।
केहि दिन अघि अनुपम खेरले पशुपतिनाथको दर्शन समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्