काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैटौं थपिएको प्रमाणित भएको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसमा बोल्दै नेम्वाङले पाँच दलको गठबन्धन भन्ने गरिए पनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरातर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गर्नुभयो । उहाँले विषय जटिल भएकाले नागरिक समाज र राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
नेम्वाङले भन्नुभयो, ‘होइन, अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौं पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो, भनेपछि त्यो कुरा त साँच्चै रहेछ, ।
उहाँले थप्नुभयो, ‘यस्ता–यस्ता इस्यूहरू उठेको सन्दर्भमा राजनीतिक दलहरूले र नागरिक समाजहरूले व्यापक छलफल गर्नुपर्छ, सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र हो, समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्