२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


नेप्से साढे ३ अंकले ऋणात्मक


0
Shares

काठमाडौं, पुस १७ । अघिल्लो दिन सामान्य अंकले सकारात्मक रहेको सेयरबजार साताको अन्तिम दिन बिहीबार पुनः उत्तिनै अंकले ऋणात्मक रह्यो । यसदिन कारोबार भने केही सुधारियो ।

अघिल्लो दिन साढे ३ अंकले सकारात्मक रहेको नेप्से यसदिन पनि उतार–चढावबीच साढे ३ अंकले ऋणात्मक रही ११ सय ६६ कायम भएर थामियो ।

उत्पादनमूलक, लघुवित्त र जलविद्युत् समूह हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

होटल समूह सबैभन्दा उच्च ७२ अंकले ओरालो लाग्यो । जीवनबिमा समूह पनि ४८ अंकले झर्‍यो । निर्जीवन बिमा र अन्य समूहमा पनि दोहोरो अंकको गिरावट आयो । उत्पादन र लघुवित्त समूह भने दोहोरो अंकले उकालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १६ लाख ६० हजार कित्ता सेयर ५३ करोड २२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।