काठमाडौं । सेती प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासँगै शय्या पनि बढाएको छ ।
सुदूूरपश्चिम प्रदेशको मुख्य उपचार केन्द्र रहेको अस्पतालमा विभिन्न जिल्लाका मानिसहरू उपचारका लागि आउने गर्छन् । १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालमा बिरामी संख्या बढ्दै गएपछि थपेर २ सय ४० पुर्याइएको छ ।
सुदूरपश्चिम प्रदेशमा मुटु रोगको उपचार गर्ने र क्यान्सर रोगको पहिचान गर्ने यो एकमात्र अस्पताल हो । अस्पतालले दन्त रोगसम्बन्धी विशेषज्ञ सेवा, एनआईसीयू र पीसीयू सेवाको विस्तार, इन्डोस्कोपी, कोलोनोस्कोपी , मेरुदण्डको जनरल सर्जरी सेवासमेत दिँदै आएको छ ।
पाँच शय्याको आईसीयूूलाई १५ शय्यामा विस्तार गर्ने र सिटीस्क्यान र एमआरआई सेवा पनि सञ्चालन गर्ने अस्पतालले जनाएको छ । भौतिक संरचनाको सुधार, अत्याधुुनिक उपकरण थपेर फिजियोथेरापी सेवा पनि विस्तार गरिएको छ ।
वर्षौंदेखि दरबन्दीअनुसार जनशक्ति नपाएको प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक पनि थपिएका छन् । यहाँ अहिले ४१ जना विशेषज्ञ चिकित्सक र २४ जना मेडिकल अधिकृत कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्