कपिलबस्तु । दसैँ सुरु भएपछि पनि दुर्गा भवानी लागाएतका देवी देवताका मूर्ति विक्री नहुँदा कपिलबस्तुका कालिगढहरु चिन्तित भएका छन् । दुई महिना देखि मूर्ति बनाउन सुरु गरेका उनिहरुले ३० प्रतिशत मात्र बेचेको बताएका छन् ।
अडर भएको मूर्ति निमार्ण कार्य सम्पन्न गरेर पठाएपनि अन्य मूर्तिहरु भने बाँकी नै रहेका छन् । गत बर्षको तुलनामा यो बर्ष मूर्तिहरु कम अडर भएको कपिलबस्तु नगरपालिकाका कालिगढ अनिल गुप्ताले जानकारी दिनुभएको छ ।
मूर्ति विक्रि नहुँदा परिवार नै पाल्न अफ्टेरो हुने कालिगढले गुनासो गरेका छन् । कालिगढहरु दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका अर्डर अनुसारका मूर्ति निर्माण गर्छन् । जिल्लामा घटस्थापना र सप्तमीका दिनदेखि मूर्ति प्रदर्शन गर्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्