
जनकपुर, साउन १७ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अञ्चल अस्पताललार्ई प्रदेश अस्पतालमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
बिहीबार जनकपुर अञ्चल अस्पताल निरीक्षण गर्नक्रममा मन्त्री यादवले पत्रकारहरुसँगको भेटघाटमा नयां संरचनाअनुसार अञ्चलको अवधारणा समाप्त भइसकेकाले अस्पताललाई प्रदेश अस्पतालमा रुपान्तरण गर्नुपर्ने बताए ।
मन्त्री यादवले अस्पतालका लागि चाहिने पूर्वाधार र प्राविधिक सामग्रीका लागि संघीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्