धानवालीमा रोगको प्रकोप « Image Khabar


धानवालीमा रोगको प्रकोप


0
Shares

म्याग्दी । म्याग्दीका विभिन्न स्थानका लगाइएको धान बालीमा रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न स्थानमा लगाईएको धानमा गवारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखिएको हो ।

त्यस्तै, धान बालीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र धानको पात सुकाइदिएको किसानले गुनासो गरेका छन् । कीराको काराण धान बढ्न नसक्ने अवस्थामा पुगेको किसानले बताएका छन् ।