११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


काबुलमा तीनजना विदेशी नागरिकको अपहरणपछि हत्या


0
Shares

काठमाडौं, साउन १७ । अफगानिस्तानको राजधानी काबुलमा तीनजना विदेशी नागरिकको अपहरणपछि हत्या गरिएको छ ।

उनीहरु भारत, मलेसिया र मेसेडोनियाका नागरिक भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले यसलाई आतंकवादी घटनासँग जोडेर हेरेको छ ।

विमानस्थल जाँदैगर्दा उनीहरु बाटोमै अपहरणमा परेका थिए । पछि उनीहरुको शव काबुल प्रान्तको मुस्साही जिल्लामा फेलापरेको थियो ।

उनीहरु फ्रेन्च फुड सर्भिस कम्पनी सोडेक्रोमा कुकको काम गर्दथे । हत्या कसले गराएको हो भन्ने खुल्न सकेको छैन ।

अफगानिस्तानमा पछिल्ला वर्षहरुका लडाकू र आपराधिक समूहले पैसाका लागि अपहरण गर्नेक्रम निकै बढेको छ । (एजेन्सी)