२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


थपिए १ हजार ४३ कोरोना संक्रमित, १२ जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा थप १ हजार ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

१५ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणबाट ६ दशमलव ७ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका मध्ये काठमाडौंका ३ सय ४४, ललितपुरका ६१ र भक्तपुरका ३५ जना गरी उपत्यकामा ४ सय ४० जना रहेका छन् ।

उपत्यकापछि झापा ,मोरङ, सुनसरी र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् । यस अवधिमा ८ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९४ रहेको छ । तीमध्ये ३ सय ३८ जनाको आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।