
दीपक श्रेष्ठ/कबिर महर्जन (इमेज)
काठमाडौं, साउन १७ । हतियार मूलतः राज्यलेमात्र राख्न पाउँछ । राज्यका सबै निकायले पनि हतियारको प्रयोग गर्न पाउँदैनन् ।
तर, सरकारसँग अनुमति लिएर केही व्यक्तिले हतियार राख्ने र प्रयोग गर्ने पनि गरेका छन् । त्यस्ता हतियार दुरुपयोग नहुने सुनिश्चितता र पटक–पटक नवीकरण भने गर्नुपर्दछ ।
तर, त्यसरी राखिएका हतियारमध्ये आधाको पनि नवीकरण गरिएको छैन ।
पहिले–पहिले सम्भ्रान्त परिवारका व्यक्तिहरुले सरकारसँग अनुमति लिएर राखेका हतियार सरकारलाई कमैमात्रले बुझाएका छन् ।
कसैले आत्मसुरक्षा त कसैले शिकार खेल्ने शौखका लागि राखेकामध्ये अझै आधाजसो हतियार नबुझाइएको हो ।
यसरी सानाठूला हतियार राख्नेहरु झन्डै ३७ हजार रहेकामा १६ हजारलेमात्रै सरकारलाई हतियार बुझाएका हुन् ।
बुझाउन बाँकी १६ हजार हतियारमध्ये पाँच हजारजनालेमात्र नवीकरण गरेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
नवीकरण नगरिएका हतियारको खोजी भइरहेको र सरकारले नवीकरण, दर्ता र स्थानान्तरणमा रोक लगाएको मन्त्रालयको भनाइ छ ।
साथै, त्यस्ता हतियारका कारण शान्ति–सुरक्षामा चुनौती थपिएको अधिकारीको भनाइ छ ।
मुलुकमा अहिले सुरक्षा चुनौती नरहेकाले आफूसँग भएका हातहतियार सम्बन्धित निकायमा बुझाउन पनि गृह मन्त्रालले आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्