
रसुवा । पर्यटन भ्रमण वर्ष २०२० को शुुभारम्वमा चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकहरुलाई नेपाल र चीनका सिमानामा रहेको रसुवागढीमा भव्य रुपमा स्वागत गरिएको छ ।
जिल्ला समन्वय समिति रसुवा र गोसाँईकुुण्ड गाँउपालिकालाको आयोजनामा आज बिहान चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकहरुलाई रसुवागढीमा भब्य रुपमा स्वागत गरिएको हो ।
नेपालको तस्रो पर्यटकीय क्षेत्र समेत रहेको यो जिल्लामा भ्रमण गर्न आउने पहिलो पर्यटकलाई गोसाईकुुण्ड गाँउपालिकाले गाडी तथा खानाको समेत ब्यबस्था गरिएकोे छ ।
चीनबाट नेपाल आउने चीनीयाँ पर्यटकहरुले चार बर्ष अघिबाट यो नाका प्रयोग गर्दै आएका छन् ।
बार्षिक रुपमा यो नाकाबाट करिब तीस हजारको संख्यामा चिनियाँ पर्यटकहरुले नेपाल प्रवेश गर्ने गरेका छन् ।
पर्यटकहरुको स्वागतका लागि स्थानीयहरुले आफनो संस्कृति अनुसारको नाच गानसमेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्