२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


छोटी भन्सार नहुँदा आयात निर्यात ठप्प


0
Shares

इलाम । पूर्वी नाका इलामको पशुपतिनगरमा नेपालतर्फ मात्र भन्सार रहेकोले आयात निर्यात लगायतका कारोबार वर्षौदेखि ठप्प छ ।

भारततर्फ भन्सार खोल्न पहल नहुँदा निकासी पैठारी शुन्य बराबर छ । पशुपतिनगर भन्सार कार्यालयले गाडि शुल्क र अन्य अस्थायी पैठारीबाट राजस्व उठाएर लक्ष्य पूरा गर्ने गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा जम्मा ६० लाख ४५ हजार राजस्व संकलन भएको छ । नाका सहज नहुँदा अवैध व्यापार मौलाउने र नियन्त्रणमासमेत समस्या हुने गरेको छ ।

मूल भन्सारको रुपमा रहेको पशुपतिनगर भन्सार कार्यालयअन्तर्गत विगतमा नौ वटा छोटी भन्सार रहेपनि हाल तीन वटा छोटी भन्सार मात्र संचालनमा छन् ।

पूर्वी इलाम र भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला जोड्ने प्रमुख नाकामा कारोबार ठप्प हुँदा सानो कामका लागिसमेत पर्यटक र व्यापारी काकरभिट्टा नाका धाउन बाध्य छन् ।

पशुपतिनगरमा हालसालै खुलेको अध्यागमन कार्यालयसमेत काम विहीन रहेको छ । यसले तेस्रो मुलुकबाट पशुपतिनगर आएका पर्यटक काम नहुँदा फर्किने गरेका छन् ।