काठमाडौं, पुस १५ । पहिचानसहितको संघीयता पक्षधरहरुले सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाट ३ नम्बर प्रदेशको नाम वाग्मती राख्ने निर्णय भएकामा असहमति जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार पहिचान पक्षधर विभिन्न समूह तथा संगठनहरुले काठमाडौंको इन्द्रचोकमा प्रदर्शन गर्दै निर्णय सच्याउन माग गरेका हुन् ।
उनीहरुले निर्णय नसच्याए असहज परिस्थिति सिर्जना हुने चेतावनीसमेत दिएका छन् ।
यस्तै, काठमाडौंका नेवार समुदायसम्बद्ध संगठनहरुको भेलाले पनि वाग्मती प्रदेश राख्ने निर्णयप्रति आपत्ति जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्