Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ


0
Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १ किलो नक्कली सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर मिक्लाजुङ्ग गाउँपालिका–१ का २४ वर्षिय अरुण राई, मोरङ केराबारीका भुपाल लिम्बू रहेका छन् ।

उनीहरुको साथबाट नक्कली सुन एक किलोसहित दुई थान मोबाइल पनि बरामद गरिएको छ । काठमाडौ नयाँ बसपार्कस्थित तनहुँ गेस्ट हाउसमा बसेर नक्कली सुनलाई सक्कली भनी बेच्न लागेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख उमेश लम्सालले बताए ।

त्यसैगरी प्रहरीले आफ्नै २२ वर्षीय छोरीलाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक मन्डन्देउपुर–१० का ४० वर्षिय गणेश तामाङ छन् ।

पीडितले दिएको जाहेरीको आधारमा तामाङलाई पक्राउ गरिएको हो । नयाँ बसपार्क बस्दै आएका तामाङ मजदुरी काम गदै आएका छन् । उनीमाथि आवश्यक कानुनी कारवाही अगाडि बढाइएको वृत्त प्रमुख लम्सालले जानकारी दिए ।