बुटवल । बुटवलमा दोस्रोे सडक खाना महोत्सव सुरु भएको छ । सडक खाना महोत्सवको एक विशेष समारोहकाबीच प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दै नेपालमा खाना संस्कृतिको विकास जरुरी रहेको बताए ।
उनले खाना महोत्सवबाट हप्तामा एक दिन सपरिवार घरबाहिर गएर खाना खाने परिपाटीको विकास गर्न जरुरी रहेको भन्दै त्यो गर्न सकेमा मात्र पर्यटनको विकास हुने र पर्यटन क्षेत्रमा लगानी बढ्ने बताए ।
नयाँ पृथक आनन्द अनुभुति आउने स्वाद पर्यटकले पाए मात्र यस क्षेत्रको विकास तथा व्यवसायमा लगानीको विस्तार हुने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सडक खाना महोत्सव आयोजना गरिएको हो ।
सडक खाना महोत्सवमा १ सय २५ वटा स्टल रहेका छन् । महोत्सव भोलिसम्म चल्नेछ ।








प्रतिक्रिया दिनुहोस्