
तेह्रथुम । अन्नबालीबाट राम्रो आम्दानी लिन नसक्दा वैकल्पिक खेतीको रुपमा अम्लिसो रोजेका तेह्रथुमका किसानहरु यतिबेला चिन्तित बन्न थालेका छन् ।
खाली तथा खेतीयोग्य जमिनमा अन्नबालीको सट्टा अम्लिसो खेती रोजेका किसानहरुलाई यतिबेला समस्यामा परेका हुन् । केहीवर्ष अघिसम्म राम्रो मूल्यमा विक्री हुँदै आएको अम्लिसोको फूल यतिबेला बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् ।
यो सिजन अम्लिसोको फूल थुत्ने समय हो । अम्लिसोले बजार पाउन छाडेपछि यहाँका किसानहरुले फूलै नथुती गाईभैसीलाई घाँस मात्र बनाउन बाध्य बनेका छन् ।
अम्लिसोलाई सरकारले बजार व्यवस्थापन गरी दिए केही राहात मिल्ने स्थानीय किसान बताउँछन् । केही वर्ष अघिसम्म १ सय १० रुपैयाँ किलो बिक्री हुने अम्लिसोेको फूलको यतिबेला मूल्यमा गिरावट आएको व्यापारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्