Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


नेपाल आईटी कम्पनी ‘डीएनएस’ विश्वकाे फास्टेस्ट ग्रोइङ डिजिटल ट्रान्सफर्मेसन सर्भिस प्रोभाइडर विधामा सम्मानित


0
Shares

काठमाडौं । नेपाली आईटी कम्पनी डिजिटल नेटवर्क सोलुसन (डीएनएस) सम्मानित भएको छ । डीएनएस विश्वप्रतिष्ठित ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत फास्टेस्ट ग्रोइङ डिजिटल ट्रान्सफर्मेसन सर्भिस प्रोभाइडर विधामा पुरस्कृत भएको हो।

विगत १५ बर्षदेखि सञ्चालनमा आएको डिएनएसले सुचना प्रविधि विकासको क्षेत्रमा विशेष योगदान दिदैं आएको छ ।

उक्त कम्पनीले नेटवर्किङ, साइबर सुरक्षा, सर्भर पूर्वाधार, आईटी परामर्श तथा व्यवस्थापन, क्लाउड आधारित सेवा, भिडियो बैंकिङ, रोबोटिक्स प्रोसेस अटोमेसन, डेटा एनालिसिस, एआई, इन्टरप्राइज एप्लिकेसन, क्लाउड सर्भिस तथा एप्लिकेसन डेभलपमेन्ट, लगायत सेवा प्रदान गर्दै आइरहेको छ ।

लन्डनस्थित प्रकाशनगृह ग्लोबल विजनेस आउटलुकले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ।

यसैवर्ष एनसेल आजियाटा लिमिटेडले पनि ग्लोबल बिजनेस आउटलुकका दुई विधामा पुरस्कार जितेको थियो । जसमा एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’र लिडरसिप विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जितेका हुन् ।