Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेपाल भ्रमण वर्ष सफल बनाउन कीर्तिमानी आरोहीकोे भूमिका महत्वपूर्ण : पर्यटन मन्त्री


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष सफल बनाउन कीर्तिमानी आरोहीहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

पहिलो पटक नेपाल भ्रमण वर्ष अंकित लोगोसहितको व्यानर सगरमाथामा पुर्‍याउने कीर्तिमानी आरोही जेनजेन लामा (भोटे) लाई सम्मान गर्दै उनले नेपालमा पर्यटक भित्र्याउन कीर्तिमानी आरोहीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

नेपाल भ्रमण वर्षको अवसरमा विश्वभरका हिमाल आरोहीको सम्मेलन नेपालमा गर्ने भन्दै नेपालका कीर्तिमानी आरोहीहरुलाई राज्यले पर्यटन दूत बनाउने पनि बताए ।

कीर्तिमानी आरोही लामाले भने नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्धेश्यले भ्रमण वर्ष अंकित लोगो सगरमाथाको चुचुरोमा पुर्‍याएको बताए ।

सरकारलाई भ्रमण वर्ष अंकित लोगो हस्तान्तरण गरिसकेको भन्दै चाडै राज्यबाट आधिकारिक रुपमा कीर्तिमानको प्रमाणपत्र पाउने बताए ।