Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आज गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदैं


0
Shares

काठमाडौं, पुस १५ । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष हिजो राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

यसैबीच काठमाडौंको टुडिखेलमा हुने कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी सहभागी हुने बताइएको छ ।