
रुपन्देही । भैरहवा बुटवल करिडोरमा रहेका उद्योग नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रको चरम लापरबाहीका कारण समस्यामा परेका छन् ।
करिडोरमा रहेका १६ वटा उद्योग विद्युत् प्राधिकरणले बिना जानकारी र जबरजस्ती रुपमा ट्रंक लाइन जडान गरेका कारण समस्यामा परेको उद्योगीहरुले बताएका छन् ।
कोरिडोरका १६ वटा उद्योगीले हालको ट्रंकलाइनबाट उपलव्ध गराइँदै आएको विद्युत् महशुल ६६ प्रतिशत उच्च दररेटको महंगो भएको भन्दै यसको भार थेग्न नसक्ने बताएका छन् ।
उनीहरुले पुरानै दरमा विद्युत् उपलव्ध गराउन मागसमेत गरेका छन् । विद्युत् महसुल दर मिलान नगरे उद्योगको साँचो सरकारलाई बुझाएर बस्ने समेत उद्योगीहरुले चेतावनी दिएका छन् ।
विद्युत्कै कारण यस क्षेत्रमा सञ्चालित उद्योगको ३० अर्ब लगानी जोखिममा परेको उद्योगीहरुको गुनासो छ ।
माग नै नगरेको र जानकारी बिना नै विद्युतले उद्योगमा जबरजस्ती ट्रंक लाइन जडान गरेर करोडौँ भुक्तानी माग गरेपछि अर्बौ लगानी जोखिममा परेको उद्योगीहरुले गुनासो गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्