२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


पदीय प्रभावको शारीरिक सम्बन्ध यौन शोषण


0
Shares

काठमाडौँ । सर्वोच्च अदालतले पदीय हैसियत र प्रभावमा हुने ‘शारीरिक सम्बन्ध’लाई पेशागत मर्यादाविरुद्ध भन्दै नेपाली सेनाको एक क्याप्टेनलाई दोषी ठहर गरेको छ ।

चेन अफ कमाण्डमा रहने कर्मचारीसँगको त्यस्तो सम्बन्धलाई ‘सहमतिका आधारमा’ होभनेर मात्रै उन्मुक्ति दिन नमिल्ने भन्दै सर्बोच्चले चण्डीदल गणका क्याप्टेन भूपेन्द्र खड्का र उनकै मातहत कुचीकार पदमा कार्यरत सैनिकलाई सैनिक विशेष अदालतबाट तोकिएको सजाय सदर गरेको हो ।

आफूमातहत कार्यरत युवतीसँग बारम्बार शारीरिक सम्पर्क राखेको, विवाहितसमेत रहेकी ती युवती त्यही क्रममा गर्भवती भएको र उनलाई गर्भपतनका लागि भारत लैजान सघाएको आरोपमा खड्का पक्राउ परेका थिए । कान्तिपुर दैनिकबाट