
काठमाडौं, पुस १४ । रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिमार्फत् हुने भएको छ ।
ललितपुरको बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् गराउने भएको हो ।
प्राधिकरणको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि, श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत् रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो ।
पूर्वयोजनाअनुसार मन्दिर पुनःनिर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानीपोखरीको ‘मोडेल’अनुसार उपभोक्ता समितिमार्फत् पुनःनिर्माण गरिने निर्णय भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्