Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


अमेरिकासँग वार्ता गर्न इरानकाे शर्त : रोक्का गरिएको १० अर्ब डलर फुकुवा गर्नुपर्ने


0
Shares

एजेन्सी । इरानले अमेरिकामाथि परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त अघि सारेको छ। इरानको परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच सहमति भएको थियो ।

तर, अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट हात झिक्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्नुभएको थियो । राष्ट्रपति जो बाइडेनले सो सम्झौतामा अमेरिकालाई पुनः आवद्ध गर्ने प्रयास जारी राख्नुभएको बेला इरानले यो शर्त अघि सारेको हो ।

इरानी विदेशीमन्त्री हुसेन आमिरले परमाणु वार्ता निम्ति अमेरिकी अधिकारीहरू अघिल्लो महिनादेखि नै आफूलाई आग्रह गरिरहेको तर आफूले अमेरिकी पक्षबाट रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेको जानकारी दिएका छन् ।

अमेरिकाले रकम फुकुवा गरे सो कदमलाई इरानले सद्भावना संकेतका रूपमा लिने हुसेनको भनाइ छ । अमेरिकाले सीधा वार्ता गर्नका लागि गरेको प्रस्तावलाई पनि इरानले अस्वीकार गरेको छ । गत जुनदेखि अप्रत्यक्ष वार्ता पनि रोकिएको छ ।